सम्झना अटाउने तिमि
आगो जव सल्किन्छ पागलपनको डढेलो मुटुभरि लाग्छ.. खरानी खरानि छ मन चितमा चढेको लास पनि आत्था पोल्यो भनि झस्कियर व्युझीन्छ.. तड्पन यो मुटुभरि धड्कन भन्दा बढि छ..न जिवन न मरन खै त्यो संगम कहाँ छ..बकवास यो दूनियाले प्रेमको परिभासा सूनायो..म लेख्छु छुट्टै इतिहास भन्दै पाइला अन्धो प्रेमको रस्तामा डोहोर्यायो..तर पना पल्टिदै च्यातिदै गरेको अतित आज फेरि याद आयो.. म कोरिएको पाना मेटियो तिमि जोडियको पाना हरायो..तिमि र म बिच हामि भन्ने बाहाना सबै बिलायो..अझै कोर्न मसि नपुगे नसा नसामा सल्बलाइ रहेका रगतका थोपा बाँकि छन्..तर कहानि छैन.. गलतिका पुन्ज पाहाड थुपारी सके मैले तर तर पस्चाताप र माफिको कुनै नामो निसान छैन,,न उत्तर छ हरेक जवाफ सवाल बनिदिन्छन्.. न प्रेम छ बाँकि जिउदै मरेको प्रेत सरि मलाई रात रात भर तर्साई रहन्छ..
तिमि निदाउन भन्छौ मलाई आँखा खोलेर सपना देख्ने आदत परि सक्यो..या त मरूँ या यसरि नै बाँचु केहि फरक नपर्ने बनि सक्यो.. बिना अर्थ हाँस्नु र आँसू खसाल्नु सामान्य बनि सक्यो.. कसैको मतलब बिनाको मतलब खोज्नु गीरायर आफैलाई तिमिलाई माथी हेर्दै आकाशको फल आँखा तरि मर भनि चित्त बूझाउनु यो मनले जानि सक्यो.. सकियछ तिमिमा चडेको मेरो मायाको असर बिस्तारै बिस्तारै त्यो आभाष उत्रि सक्यो.. मलाई आवेगको बाडिले बगायर तिमिबाट कोसौँ टाडा छाडि सक्यो,,भोलि आकास रून्छ आकास सँगै म पनि रून्छु..पुछेर आँसु आर्को दिन सन्सार हिड्छ म पनि हिड्छु.. यो रित यस्तै छ दुनियाँले त भूल्छ कुनै दिन सायद म पनि भुल्छु.. अनि भन्नु तिमि , तिमिले गरेको मायामा स्वार्थ लुकेको रैछ.. मेरो मनको मान्छे ठानेको थिऍ आखिर तिमि त सोच्न पनि लायकको रहेनछ.. बस त्यति बेला म रुदिन किनकि मलाई थाहा छ यो संसारमा सबै भन्दा अमुल्य मेरै आँसू पो रहेछ..जसको हरेक थोपामा तिम्रो सम्झना अटाउने रहेछ..
Oh my goodness. Wow it's so wonderful.
ReplyDelete