Monday, December 24, 2018

FEELING of FIRST LOVE




किन मन लाग्छ फाल हान्न हरेक पल गहिरो यो मायाको सागरमा ..छाल बनि उठ्छन् मेरा भावना ..अकाल वित्छ न्यानो प्रेमको उनको सौगात..र अकसमात छागा बाट खसे जस्तो हून्छु..पसिनाले पुरै भिजेर भयानक सपना छोडि व्युझन्छू..म तर्सन्छू तिमि छूट्दै छौ भनेर..कति रात गन्दै छू विथोलियको टुक्रियर झर्दै गरेको तारा संग तिमिलाइ मागेर..के हो किन यस्तो लाग्छ सितार जडेको घुम्टोले तिमलाई ढाकिदिउँ,,,तिम्रो खालि सिउदो भरोस सिन्दूरले अरु कसैले तर म गाडा रगतले भरिदिउँ,,मेरो नामको टिका धागो चूरा पोते..हात समाइ सात फेरा सयद हामि घुम्दैनौ होला..तर प्रेम यो त कहिले मर्दैन..

मलाइ के हूदैछ थाहा छैन र जान्नू पनि छैन..अन्तमनमा द्वन्द चल्दैछ र वाहिर के छ अतापता छैन..लापता आफ्नै सुरमा बेतोड आँखा चिम्लि कुद्दै छू.. घरि खाडलमा पसे घरि बादलमा उडेँ आज फेरि चट्टानमा बजारिदैछू.. सपनामा चूमेँ आकास भरिका जून तारा सबै..तर पापी विपनाले विउँझाईदियो म पातालको पिंदमा पछारिऍ,,,त्यो पहिलो भेट पहिलो प्रेमको पहिलो स्पर्स ,, चाहे तिमि पागलपन नै भन्ने ठान हँसेर देखाइन तर कति खुसि थिऍ मनमनै कुनै सिमानै थियन..तिम्रो अंगाललोको न्यानोपन त्यति नजिक मेरो आत्मा कसैसंग थियन.. थहा छैन तिम्रो ओठ चुम्ने बानि किन लाग्यो.. अरू केहिमा त्यो नसा त्यो मिठास पाउदिन..तर आदत सरि वनेको तिम्रो माया यो मनको आफैमा बस नचल्दा तिमिसंग वोल्न पनि म पाउदिन..मेरो मायामा कमि छ,,छ धेरै कमजोरि म मा पनि,..कुनै दिन त्याग गर्न सक्थे ढाँटेको थिइन यहि थियो मेरो मयाको सबैभन्दा ठुलो खुवि,,
तर आज वैगूनि वन्दैछु..कुन जूनिको रिन तिमिमाथि थोपर्दैछु..म कूनैपनि सम्वन्ध निभाउन नसक्ने एउटा असामाजिक प्राणि यहि सुइकारी एक्लोपनमा हराउँदैछु..तिमि कुनैदिन खोज्छौ मलाइ???म तिम्रै नाम लियर यो सून्यतामा चिच्याई रहेछु,,हजार सब्दहरू भनिरहन्छ खामोस ऒठहरूले,एकतमास लोलाएका तिम्रा आँखाहरू टोलायरै म हेरीरहू..डूवू तिमि वोलेको आवाजमा तैरियर तिम्रो हात समाइ जिवनको किनारमा तिम्रो साथ कुनै साँझ मायाका दूई मिठा वात गरूँ,, फिजारीयको त्यो कालो बादल जस्तो केस हटाई म मेरि जूनलाई नियालि रहूँ,,मलाई तिम्रो आँखा भिजेको हेर्नुछ,,पिडाहरूले विजायर हैन..स्नेह र प्रित टलपलायका भावना उघारेर हेर्नुछ..बस सन्नाटा चिर्दै एक साथ एकै सुस्केरा फेर्नुछ..मेरो सारा संसार तिमि यो अंगालोले बेरेर आफुभरि समेट्नुछ.. कोरियका यि हत्केलाका सबै रेखा मेटाई,,तिम्रो प्रप्तिनै मेरो सौभाग्य तिमिमै सुरु तिमिमै मेटिनुछ..

हो प्रेमको गति सधै एकनास चलिरहन्न,.तर यथार्थ हो यो कहिले मर्दा पनि मर्दैन.,,बाचा कसमले बाँधेर म बन्धनको पिंजडा कदापि कदापि बनाउदिन..खुला पन्छिझैँ छाडिदिन्छु बरू आफै पन्छिदिन्छू,, तिम्रो मनको घर जाँहा छ उडिजाउ,,म त त्यहि सपनाको सहरमा डुलिरहन्छु..आफुलाई भूलिरहन्छू ..तिम्रो यादमा भुल्लिरहन्छू..सम्झना र सपना यसै छ यो मनको चाहाना,, बाँकि राखेर मनको मनै दफ्नायर.. ईर्स्या र जलनको आगो पनि त बारबार तापिराख्न सक्दिन.. हो चिहायर हेर्दाहेर्दै ऎना बन्यौ तिमि कसो गरुँ अब,,याहाँ कति सुन्दर देखिन्छु नचिहाई बसिराख्न पनि त सक्दिन..पापीस्वार्थि नभने है..बेकाबू भयर ति ओठ चुम्न पुगेछु सरिरको भोगी नठाने है.. हर गलतिलाई माफ गरिदियौ ..मेरा भावना वुझेर आँसु पनि पुछिदियौ,, न केहि माग्यौ न केहि गुनासो राख्यौ,वस माया गर्यौ सम्मान दियौ.. मेरो अधा अधुरो जिवनमा छोटो मिठो प्रेम कहानि भरिदियौ..मेरो पुरा पुरै अन्धकार जिववनको विहानि वनिदियौ..

1 comment:

  1. लौन खत्रा खत्रा आइरहेछ त के हो 😀
    😀😀
    हेर मुइया.... ढुङ्गा र माटोले बनेको पृथ्वी बाढी र पहिरो गइरहन्छ.... हड्डी र छालाले बनेको जिन्दगी मिलन र विछोड भइरहन्छ ।।😉

    ReplyDelete

Latest Creation

If I Could Share the Rainbow

From a distance, a rainbow showers a fragile arc of hope after long silence. Colors whisper of beginnings, while shadows murmur of ending...